Tuesday, 27 March 2012

तपाईंको इन्टरनेटको स्पीड बढाउने उपाय

तपाईहरु आफ्नो कम्प्युटरको इन्टरनेटको ब्याण्डविथ (Bandwidth) कम भएर इन्टरनेट ढिला चल्ने समस्याले दिक्क भैरहनु भएको हुन सक्छ। कहिले काहीं हामी धेरै छिटो गतिको इन्टरनेट लिन सक्दैनौ। किनकि धेरै स्पीड्को इन्टरनेट जडान गर्न बढी पैसा खर्च गर्नुपर्ने हुन्छ। त्यसैले कम स्पीडको इन्टरनेट चलाउँदा एकदम स्लो भएर  तपाईंको टाउको दुखाईको बिषय बनिरहेको हुन सक्छ स्लो इन्टरनेट कनेक्सन। अब यहाँ एउटा महत्वपूर्ण प्रश्न उठ्न सक्छ के हामीले खरिद गरेको इन्टरनेटको सम्पूर्ण ब्यान्डविथ (Bandwidth) हामीले इन्टरनेट चलाउदा अथवा डाउनलोड गर्दा खर्छ गरिरहेका छौँ  त? अथवा मेरो भन्नुको मतलब हामीले हाम्रो इन्टरनेट कनेक्सनको पूरा ब्यान्डविथ (Bandwidth) प्रयोग गरिरहेका छौँ त?

"इन्टरनेटको स्पीड अथवा ब्यान्डविथ (Bandwidth) बढाउने तरिका"

तल मैले भने जस्तै सामान्य स्टेपहरु गर्दै जानुहोस अनि आफ्नो इन्टरनेटको स्पीड २० प्रतिशतले बढाऊनुस

  • कम्प्युटरको स्टार्ट (Start) मा क्लिक गर्नुस अनि रन (Run) मा क्लिक गर्नुस।अब रन (Run) डाएलग बक्स (dialogue box) मा gpedit.msc टाइप गरेर इन्टर गर्नुस। रन (Run) डाएलग बक्स (dialogue box) एकैचोटी निकाल्न कम्प्युटर सर्टकट कि (short key) Press Window+R  गर्न पनि सक्नुहुने छ।
  • यति गरेपछि तल चित्रमा देखिएजस्तो नयाँ एउटा डाएलग बक्स (dialogue box) आउने छ। 


  • त्यसको Computer Configuration मा क्लिक गर्नुस।
  • अब Administrative Template मा क्लिक गर्नुस
  • त्यसपछि Network मा क्लिक गर्नुस।
  • अब QoS Packet Scheduler मा क्लिक गर्नुस
  • Limit reservable bandwidth मा डबल क्लिक गर्नुस।



















  • अब इनेबल रेडियो बटन (Enable radio button) मा क्लिक गरि Enable गर्नुस। 
  • Bandwidth Limit लाई 0% गर्नुस।
  • अब OK मा क्लिक गरेर तपाइको कम्प्युटरलाई एकपटक रिस्टार्ट गर्नुस।
  • ल अब भयो। तपाईंको इन्टरनेट अब पहिले भन्दा २० प्रतिशत 

0 comments:

Blogger Templates by OurBlogTemplates.com 2007