Tuesday, 27 March 2012

तपाईंको इन्टरनेटको स्पीड बढाउने उपाय

तपाईहरु आफ्नो कम्प्युटरको इन्टरनेटको ब्याण्डविथ (Bandwidth) कम भएर इन्टरनेट ढिला चल्ने समस्याले दिक्क भैरहनु भएको हुन सक्छ। कहिले काहीं हामी धेरै छिटो गतिको इन्टरनेट लिन सक्दैनौ। किनकि धेरै स्पीड्को इन्टरनेट जडान गर्न बढी पैसा खर्च गर्नुपर्ने हुन्छ। त्यसैले कम स्पीडको इन्टरनेट चलाउँदा एकदम स्लो भएर  तपाईंको टाउको दुखाईको बिषय बनिरहेको हुन सक्छ स्लो इन्टरनेट कनेक्सन। अब यहाँ एउटा महत्वपूर्ण प्रश्न उठ्न सक्छ के हामीले खरिद गरेको इन्टरनेटको सम्पूर्ण ब्यान्डविथ (Bandwidth) हामीले इन्टरनेट चलाउदा अथवा डाउनलोड गर्दा खर्छ गरिरहेका छौँ  त? अथवा मेरो भन्नुको मतलब हामीले हाम्रो इन्टरनेट कनेक्सनको पूरा ब्यान्डविथ (Bandwidth) प्रयोग गरिरहेका छौँ त?

"इन्टरनेटको स्पीड अथवा ब्यान्डविथ (Bandwidth) बढाउने तरिका"

तल मैले भने जस्तै सामान्य स्टेपहरु गर्दै जानुहोस अनि आफ्नो इन्टरनेटको स्पीड २० प्रतिशतले बढाऊनुस

Saturday, 24 March 2012

NTC मा घरबाटै फ्री मा इन्टरनेट सुबिधा सुचारु गर्ने तरिका

नेपाल टेलिकम (NTC) प्रयोगकर्ताहरुले आफ्नो मोबाइलमा अब जी. पी. आर. एस (GPRS) सुचारु गर्न टेलिकम को अफिस धाइरहनु पर्ने झन्झट गर्नु पर्दैन  घरबाटै जी. पी. आर. एस (GPRS) सेवा सुचारु गर्ने उपायहरु:

  • चाइनिज मोबाइल सेटहरुमा CHGPRS टाइप गरेर  १४०४ मा एस. एम. एस (SMS) गर्नुहोला।
  • एल जी (LG), नोकिया (Nokia) र अन्य इन्डियन सेट हरुमा GPRS टाइप गरेर  १४०४ मा एस. एम. एस (SMS) गर्नुहोला।
  • साम्सुंग (Samsung) सेटको लागि SAGPRS टाइप गरेर  १४०४ मा एस. एम. एस (SMS) गर्नुहोला।
  • Sony Ericsson सेटको लागि SEGPRS टाइप गरेर  १४०४ मा एस. एम. एस (SMS) गर्नुहोला।
यति गरिसकेपछि केहि छिनपछि तपाइको सेटमा एउटा मेसेज आउनेछ र त्यसलाई सेभ गरेर इन्स्टल (Install) गर्नुहोला। इन्स्टल (Install) गर्दा पिन कोड़ माग्छ १२३४ राख्नुहोला। यति गरिसकेपछि तपाईंको मोबाइललाई एक पटक स्विच अफ गरेर अन गर्नुस। अब तपाईं मज्जाले मोबाइल मा इन्टरनेट चलाउन सक्नुहुने छ। ल इन्जोए गर्नोस।

नोट:
तपाइको नेपाल टेलिकमको NTC सिममा घरबाटै जिपिआरएस (GPRS) सेवा सुचारु गर्ने तरिकाहरु:
  • अब तपाइले नेपाल टेलिकमका NTC सिममा जिपिआरएस (GPRS) अर्थात् इन्टरनेट सुचारु गराउन नेपाल टेलिकमको अफिससम्म पुग्नु पर्दैन।
  • तपाई घरबाटै र त्यो पनि  निशुल्क सुचारु गर्न ०२१५३७४११ अथवा 021537999 अथवा ०५७५२२७७७ मा फोन गर्न सक्नुहुने छ।
  • तपाई जहाँसुकै भएपनि माथिका नम्बर हरुमा फोन गर्नुस टेलिकमका स्टाफले तपाइको फोन उठाउने छन् तपाइको नम्बर सोध्ने छन् अनि सेवा सुचारु गरिदिने छन्।
  • सेवा सुचारु गरेको २४ देखि ४८ घण्टा भित्रमा तपाइको मोबाइलमा जिपिआरएस (GPRS) सेवा सुचारु हुन्छ। अनि मज्जाले इन्टरनेट चलाउन सक्नुहुने छ। याद गर्नुस यो सेवा सुचारु गर्दा एक पैसा पनि लाग्दैन।

Blogger Templates by OurBlogTemplates.com 2007