HTML Chapter: 1 Basic
HTML भनेको के हो त ?
HTML को पुरा रुप "Hyper Text Markup Language" भन्ने हुन्छ । HTML भनेको को इँटा जस्तै हो । जसरी इँटा हरु मिलेर घर बनेको हुन्छ त्यसै गरि HTML हरु मिलेर वेबसाइट बन्दछ । यदि HTML नभईदेको भए WWW को जुन महत्व छ आज त्यो अवश्य पनि हुने थिएन ।
हामीले हेर्ने जुनसुकै वेबसाइट मा कुनै न कुनै रुपमा HTML को प्रयोग भएको हुन्छ । वेबसाइटमा प्रयोग भएको HTML हेर्न को लागि Right क्लिक गरेर View Source गर्दा हुन्छ । (View>Source)
तपाईं को पहिलो HTML कोड :
मुख्य तया HTML को २ ओटा भाग हुन्छन । एउटा हेड (Head) र अर्को बडी (Body) । हेड (Head) भन्ने भागमा हाम्रो वेबसाइटको सम्पूर्ण जानकारीहरु राखिन्छ । हेड (Head) भन्ने भागमा मुख्य रुपमा किवर्ड (Keyword) हरु राखिन्छ जुन गुगल, याहु जस्ता सर्च इन्जिनमा त्यस्ता किवर्ड (Keyword) कै आधारमा
हाम्रो वेबसाइट सर्च गर्दा आउने हुन् । बडी (Body) भन्ने भागमा हाम्रो वेब साइट को सम्पूर्ण कुरा हरु राखिन्छ ।
हाम्रो वेबसाइट सर्च गर्दा आउने हुन् । बडी (Body) भन्ने भागमा हाम्रो वेब साइट को सम्पूर्ण कुरा हरु राखिन्छ ।
ल अब हामी हाम्रो पहिलो वेबसाइट बनाऔँ है त :
अब हामी हाम्रो आफ्नै वेबसाइट बनाउन गैरहेका छौँ । यो सामान्य खालको बनाउदै छौँ । तलका निर्देशन हरु पछ्याउँदै जानु होला ।
- तपाईं को कम्प्युटरमा कुनै ठाउंमा एउटा फोल्डर (Foldar) बनाउनु होला ताकी तपैंको वेबसाइट को सबै पेजहरु तथा इमेज हरु सेभ गर्न सकियोस ।
- अब नोटप्याड़ (Notepad) खोल्नुहोस अनि तल दिएको सबै टाईप गर्नुहोस । रातो रंग मा भएको भागलाई तपाई आफ्नो इछ्या अनुसार बदल्न पनि सक्नु हुनेछ ।
<html>
<head>
<title>My Own Home Page </title>
</head>
<body>
<H1> I am Your-Name and this is my web Page!</H1>
</body>
</html>
- ल भयो । तपाईले आफ्नो पहिलो वेबसाइट HTML बाट बनाउनु भएको छ । अब कस्तो देखियो त तपाई को वेबसाइट ? त्यसको लागि नोटप्याड़ (Notepad) मा टाईप गर्नु भएको फाइल लाई सेभ एज (Save As) गरेर सेभ गर्नुहोला । सेभ गर्दा अघि तपाइले बनाउनु भएको नयाँ फोल्डर मा गर्नुहोला ।
- सेभ गर्दा खेरि फाइल नेम मा "Index.html" टाईप गर्नुहोला र "Save as type" मा "All Files" सेलेक्ट गर्नुहोला ।
- अब चैं तपाईं को पहिलो वेबसाइट तयार भयो । तपाईं आफैं पनि हेर्न सक्नु हुनेछ । त्यसका लागि अघि तपाईं ले सेभ गरेको फोल्डर मा गएर डबल क्लिक गर्नुहोस अब तपाइको पहिले वेबसाइट खुल्ने छ । जुन लगभग यस्तो देखिनेछ ।
तपाईं ले आफ्नो पहिलो वेबसाइट बनाउनु भएको मा बधाई । अब अरु कुरा अर्को पोस्ट मा गर्ने छु है त ? केहि नबुझेको भए कृपया कमेन्ट मा भन्नु होला मा प्रस्ट पर्ने कोसिस गर्ने छु ।



0 comments:
Post a Comment